कैलालीमा बाख्रा चोरलाई गाउँलेले बुझाए प्रहरीमा

कैलाली : कैलालीमा बाख्रा चोरेर स्थानीयलाई दुख दिने चोरलाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। घोडाघोडी नगरपालिका-४ बिचफाटाका २२ वर्षीय शङ्कर विकलाई स्थानीय गाउँलेले नियन्त्रणमा लिएर कारबाही गर्न सुझाव दिँदै प्रहरीलाई बुझाएका हुन्।

सोमवार राति करिब ९ बजेको समयमा घोडाघोडी-१ कौवापुर बस्ने लक्ष्मी ऐरको बाख्रा खोरबाट बाख्राको पाठा (खसी) चोर्ने क्रममा उनलाई स्थानीयले फेला पारेर प्रहरीमा बुझाएका हुन्। अहिले दुइटै पक्षबिच इलाका प्रहरी कार्यालय सुखडमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार