डेरामा भेटियो लागूऔषध, एक जना प्रहरी नियन्त्रणमा


काठमाडौँ : 
काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. ३ सिंगल ट्रीस्थित डेरामा अबैध लागूऔषध कारोबार गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरीले १,५६० एम्पुल प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ गरेको छ।

मंगलबार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले जिल्ला सिन्धुली गोलञ्जोर गा.पा वडा नं. ५ घर भइ हाल सिंगल ट्रीमा डेरा गरी बस्ने २६ वर्षका अर्जुन श्रेष्ठको कोठामा खानतलासी गर्दा उक्त लागूऔषधहरू लुकाई राखिएको अवस्था भेटिएको हो।

बरामद भएका लागूऔषधमा डायजेपाम ५४० एम्पुल, फेनेर्गन ५२० एम्पुल,  ट्याल्जेसिक ब्युप्रेनोरफिन ५०० एम्पुल र एक थान ओप्पो कम्पनीको मोबाइल पनि छ।

प्रहरीले अर्जुन श्रेष्ठलाई पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरेको छ र थप अनुसन्धान जारी राखिएको छ।

यस घटनामा प्रतिबन्धित लागूऔषधको कारोबारलाई नियन्त्रणमा लिन प्रहरीको निरन्तर प्रयास जारी रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार