कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

धनगढी : ३ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडक ५ वर्ष पुग्नै लाग्दा पनि निर्माण सम्पन्न नभएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा वडाध्यक्षले विरोध स्वरुप सडकमै कार्यालय सञ्चालन गरेका छन । ठेकेदारलाई पटक-पटक आग्रह गर्दा पनि काम नगरेपछि वडा नम्बर २ का अध्यक्ष अर्जुन साउँदले सडकमै कार्यालय राखेर विरोधको नयाँ शैली अपनाएका हुन ।

वडाध्यक्ष साउँदले फागुन १८ गते देखि कार्यान्वयन निकाय पूर्वाधार विकास कार्यालय कञ्चनपुर र ठेकेदारलाई दबाब दिन सडकमै वडा कार्यालय राखेर विरोध जनाएका थिए । तर, सडकमा वडा कार्यालय राखेको ४ दिन बितिसक्दा पनि ठेकेदारले भने अझै काम गर्ने छाटकाट देखाएका छैनन् । वडाध्यक्ष साउँदले ठेकेदारले काम गरेजस्तो गरे पनि भर पर्न सक्ने अवस्था नभएको बताए ।

Seti Hospital

उनले यसअघि पनि पटक पटक काम गरेजस्तो गरेर बेपत्ता हुने गरेकाले यस पटक जसरी पनि काम सम्पन्न गराउनका लागि दबाब जारी राखेको बताए । कालोपत्रे गर्ने कार्यको सुनिश्चितता नहुँदासम्म सडकमै बसेर सेवा प्रवाह गर्ने उनको भनाइ छ । जन दबाब बढ्न थालेपछि सडकमै कालो ब्यानर राखेर कालोपत्रेका लागि सडकमा उत्रिनु परेको उनले बताए ।

सुदूरपश्चिम सरकारको गौरवको योजनामा पर्ने बंक-नायल–बुडर सडक निर्माणका लागि २०७७ साउनमा सन्तोषी जेभी थेगिङ सँग सम्झौता भएको थियो । सम्झौता अनुसार २०८१ वैशाखमा काम सक्नुपर्ने भए पनि हाल सम्म ३५ प्रतिशत पनि काम पुरा भएको छैन ।

तोकिएको मितिमा काम नसकिएपछि हाल पूर्वाधार विकास कार्यालय कञ्चनपुरले २०८२ चैत ३० सम्म तोकेको छ । हाल थपिएको म्याद बाकी भए पनि ठेकेदारले कामै नगरेपछि वडाध्यक्षले सडकमै कार्यालय राखेर विरोध थालेका हुन । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र बहादुर अधिकारीले निर्माण व्यवसायीको लापरबाहीका कारण समयमा काम पुरा हुन नसकेको बताए ।उनले ठेकेदारलाई पटक पटक पत्राचार गर्दा पनि काम नगरेको बताए ।

‘निर्माण व्यवसायीले एक हप्ताभित्र काम सुरु गर्छु भन्ने तर काम नगर्ने प्रवृति देखिएको छ’ उनले भने ‘अहिले काम गरेको जस्तो देखाउने गरी बेस बोक्ने काम गरेको छ । तर, निकै सुस्त काम भइरहेको छ ।’ उनले कामको गति नबढाए ठेक्का तोड्ने चेतावनी ठेकेदारलाई दिइएको बताए ।

उनले बंक पहरिया दोमिल्ला ७ किलोमिटर सडकमा सव बेसको काम गरिएको भए पनि बेसको काम गरेर कालोपत्रेको काम बाकी रहेको बताए । सडक निर्माणका लागि एघार करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार