तलब नपाएपछी कञ्चनपुरको सिद्धनाथ माविका शिक्षकहरूले गरे तालाबन्दी

कञ्चनपुरः तलब नपाएपछी कञ्चनपुरको सिद्धनाथ माविमा तालाबन्दी गरिएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको उक्त विद्यालयका शिक्षकहरूले लामो समयदेखि तलब नपाएको भन्दै प्रशासनमा तालाबन्दी गरेका हुन। बुधवार विद्यालयमा कार्यरत शिक्षहरुले विद्यालयको प्रशासनिक भवनमा तालाबन्दी गरेका थिए। निजी स्रोतका शिक्षकहरूले तलब नपाएको भन्दै विद्यालय प्रशासनमा तालाबन्दी गरेको शिक्षक गोविन्द ढाँटले बताए।

उनका अनुसार विद्यालयमा कार्यरत ४ जना शिक्षकले ४/५ महिनादेखि तलब पाएका छैन, तलब नपाएको विषयमा विद्यालय प्रशासन र निजी स्रोतका शिक्षकहरूबिच छलफल भइरहेको प्रधानाध्यापक राजेन्द्र पाण्डेयले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार