आज देखि सुरु हुने महोत्सवको उद्घाटन गर्न परशुराम जाँदै : गृहमन्त्री लेखक

डडेल्धुरा : आज देखि सुरु हुने साहित्य महोत्सवको उद्घाटन गर्न गृहमन्त्री रमेश लेखक डडेल्धुराको परशुरामधाम जाने भएका छन । परशुराम नगरपालिकाले बिहिबार र शुक्रबार दुई दिन परशुराम धाममा साहित्य महोत्सवको दोस्रो संस्करण आयोजना गर्दै छ ।

कला, संस्कृति, खेलकुद र साहित्यको संगम बन्ने यो महोत्सवको गृहमन्त्री लेखकले उद्घाटन गर्ने छन । परशुराम नगरपालिकाका मेयर भरत जोशीले यो महोत्सवले स्थानीय कला, संस्कृति र साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताए ।

उनले परशुराम धामको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्न र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । महोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार