नेपालमै पहिलो पटक धनगढीमा ‘ग्रासरुट फुटबल’ सुरु

धनगढी । धनगढीमा ग्रासरुट फुटबल सुरु भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल फुटबल सङ्घ एन्फा कैलालीको सहकार्यमा ग्रासरुट फुटबल कार्यक्रम सुरु गरिएको हो ।

धनगढी उपमहानगरपालिका ११ बेलामारहेको बहिरा आवासीय विद्यालयबाट बुधवार ग्रासरुट कार्यक्रमको सुरुवात गरिएको हो । वडा नम्बर ११ कै ठेकराज माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई समेत मध्यनजर गर्दै बहिरा आवासीय विद्यालयमा ग्रासरुट फुटबल सुरू गरिएको उपमहानगरले जनाएको छ ।

Seti Hospital

बुधवार आयोजित कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ एन्फाका ग्रासरुट संयोजक पंकज शाहीले नेपालमै पहिलोपटक धनगढी उपमहानगरपालिकाले यो कार्यक्रमको सुरुवात गरेको बताएका छन् । उनले यो अभियानले बालबालिकाहरूको खेल क्षेत्रको विकास हुने बताएका छन् ।

धनगढी उपमहानगरपालिकाको एक वडा एक खेलमैदान कार्यक्रम अन्तर्गत ग्रासरुट फुटबल सुरु गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले जानकारी दिएका छन् । यो कार्यक्रम ठेकराज माध्यमीक विद्यालयलाई नमुना विद्यालय बनाउन पनि सहयोग पुग्ने उनले बताएका छन् । यस्तै धनगढीका अन्य ५ वटा ठाउँमा पनि ग्रासरुट्स क्रीकेट सुरु गरिने उनले बताएका छन् ।

उनले फुटबल र क्रिकेटको विकासका लागि धनगढी उपमहानगरपालिकाले विज्ञ टोलीसँगको सहकार्यमा ग्रासरुट अभियान सुरु गरेको जानकारी दिएका छन् । वडा अध्यक्ष रुपबहादुर कुँवरको अध्यक्षतामा कार्यक्रम भएको हो । वडा अध्यक्ष कुँवरले ग्रासरुट फुटबलले धनगढीबाट राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार