सुदूरपश्चिमलाई चिनाउन महायज्ञले थप योगदान पुर्‍याउन्छ : मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन श्रीमद भागवत ज्ञान महायज्ञले थप योगदान पुर्‍याउने बताएका छन्।

धनगढीमा सुदूरपश्चिम साहित्य समाजद्वारा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले धर्म-संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि प्रदेश सरकार सक्रिय रहेको उल्लेख गरे।

Seti Hospital

मुख्यमन्त्री शाहले वैदिक सनातन धर्मको संरक्षणमा प्रदेश सरकारले थुप्रै काम गरेको बताउँदै, कथावाचिका पुज्य राधिका दासको धर्म र ज्ञान फैलाउने कार्यमा ठूलो योगदान रहेको पनि प्रशंसा गरे। उनले देवभूमिलाई देश र विदेशमा चिनाउन र सनातन धर्मलाई कायम राख्न दासको भूमिका सधैं रहने विश्वास व्यक्त गरे।

सप्ताहभर चल्ने यस महायज्ञमा पुज्या राधिका दासले भागवत प्रवचन गर्नेछिन्। महायज्ञको आयोजना सुदूरपश्चिममा सांस्कृतिक संग्रहालय स्थापनाका लागि गरिएको साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार