तीनवटा चलचित्र प्रदर्शनको दोस्रो हप्तामा, ‘लाज शरणम्’ अरुभन्दा अगाडि !

काठमाडौं : शिवरात्रिको अवसर पारेर एकै दिन रिलिज भएका तीनवटा चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ आजबाट दोस्रो हप्तामा प्रवेश गरेका छन् । गत हप्ता बिहीबार यी चलचित्र प्रदर्शनमा आएका थिए । 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘लाज शरणम्’को आज ४ बजेपछि काठमाडौंमा ९ वटा शो बाँकी छन् । काठमाडौंमा यो सिनेमालाई भोलि क्यूएफएक्सले २१ शो दिएको छ । 

Seti Hospital

‘फेरि रेशम फिलिली’का आज ४ बजेपछि क्यूएफएक्स चेनको काठमाडौंका आउटलेटमा तीन शो बाँकी छ । भोलि क्यूएफएक्सले काठमाडौंमा यो चलचित्रलाई १२ शो दिएको छ । 

‘मायावी’को आज ४ बजेपछि क्यूएफएक्समा तीन शो बाँकी छ । भोलि यो सिनेमालाई क्यूएफएक्सले काठमाडौंमा दश शो दिएको छ । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् । यसमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराललगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् । यसमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी, नीर शाहलगायत कलाकारको अभिनय छ । ‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । दीपिका प्रसाइँ र पल शाह यो चलचित्रको मुख्य भूमिकामा छन् । 

यी तीनवटा चलचित्रमध्ये ‘लाज शरणम्’ले मात्रै पहिलो दिनको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको थियो । निर्माणपक्षका अनुसार यो चलचित्रले एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अरूले सार्वजनिक गरेका छैनन् । 

तुलनात्मक रुपमा ‘लाज शरणम्’ बलियो देखिएको छ । शो हेर्दा भोलि पनि अरु सिनेमाभन्दा क्यूएफएक्सले ‘लाज शरणम्’लाई प्राथमिकता दिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार