डडेल्धरा : डडेल्धराको नवदुर्गा गाउँपालिकामा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाले आयोजना गरेको निशुःल्क स्वास्थ्य शिविरबाट दुई हजार ३ सय ५८ जनाले सेवा लिएका छन । फागुन ११ गतेदेखि २१ गतेसम्म एकीकृत निशुःक स्वास्थ्य शिबिरमार्फत चिकित्सकिय सेवा वडा वडामै दिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र वहादुर बिष्टले बताए ।
भन्दा बढी आखाँ सम्वन्धी र महिलाहरुमा विभिन्न प्रजनन स्वास्थ्य समस्या भएका सेवाग्राहीहरु रहेका गाउंपालिकाका जनस्वास्थ्य निरीक्षक विष्टले जानकारी दिए ।
नवदुर्गाका ५ वटै वडामा सञ्चालन भएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताए ।उनले शिविर सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने जनप्रतिनिधि, डडेल्धुरा अस्पताल, नवदुर्गा आँखा उपचार केन्द्र, पालिका अन्तरगतका स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेवीका लगाएतलाई धन्यवाद समेत दिए ।
शिविरमा दन्त उपचार, आंखा उपचार भिडियो एक्सरे, प्रजनन स्वास्थ्य समस्या भएका विरामीहरुको उपचार तथा परामर्श सेवा दिएको गाउँपालिकाले जनाएको छ । शिविरमा सवै शिविरमा आँखामा मासु पलाएका तथा मोति बिन्दु भएका सेवाग्राहिहरुलाई अपरेशन सेवा समेत निशुल्क गर्ने र पाठेघरको समस्या भएका महिलाहरुलाई डडेल्धुरा अस्पतालसंगको समुन्वयमा निशुल्क सेवा प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष निर्मला कुमारी बोगटीले बताए ।
बेलापुर स्वास्थ्य चौकीमा मौसम खराबीका कारण सेवा अबरुद्ध हुन गएकोमा २२ गतेका लागि आँखा उपचार सम्बन्धी सेवा थप गरिएको जनाएको छ ।
प्रतिक्रिया दनुहोस्