अस्ट्रेलियाका स्टिभ स्मिथले गरे एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा

एजेन्सी : च्याम्पियन्स ट्रफीमा भारतसँग अस्ट्रेलियाको हारपछि अस्ट्रेलियाली कप्तान स्टिभ स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।

क्रिकेट अष्ट्रेलियाले जारी गरेको विज्ञप्तिमा भनिएअनुसार मंगलबार भारत विरुद्धको आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा सर्वाधिक रन बनाएपछि स्टिभ स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

SHIKHAR COOL TECH

विज्ञप्ति अनुसार स्मिथले खेल लगत्तै आफ्नो सन्यासको बारेमा टोलीका सदस्यहरूलाई जानकारी गराएका थिए। स्मिथ अन्तर्राष्ट्रिय टेस्ट र टी-२० खेलका लागि उपलब्ध हुनेछन्। स्मिथले २०१० मा वेस्ट इन्डिज विरुद्ध लेग-स्पिन अलराउन्डरको रूपमा डेब्यू गरेका थिए।

उनले १७० एकदिवसीय खेलमा ४३.२ को औसतमा ५८०० रन बनाए, जसमा १२ शतक र ३५ अर्धशतक समावेश छन्। यसबाहेक उनले २८ विकेट पनि लिए। स्मिथ २०१५ र २०२३ को आइसीसी विश्वकप जित्ने अष्ट्रेलियाली टोलीका सदस्य हुन्। स्मिथ २०१५ मा पहिलो पटक अस्ट्रेलियाली टोलीको कप्तान बनेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार