कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै पहिलो चरणका काम भर्खरै शुरुआत गरे : अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै आफूले पहिलो चरणका काम भर्खरै शुरुआत गरेको बताएका छन्।

राष्ट्रपतिमा नियुक्त भएको ६ महिनासम्म उथलपुथलका काम गरिरहेका ट्रम्पले आफ्नो काम भर्खरै शुरू भएको बताउनुभएको बीबीसीले जनाएको छ।

सम्बोधनका क्रममा ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि वार्ता गर्न तयार रहेको भन्दै लेखेको पत्रको आफूले कदर गरेको उल्लेख गरे उनँले अमेरिकामा सबैका लागि कर कटौती हुने र सङ्घीय बजेट सन्तुलन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ।यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको हिस्सा बनाउने चाहना अनुरूप जसरी पनि यसलाई प्राप्त गर्ने दाबी गर्नुभएको छ ।

ट्रम्पले मेक्सिकोको खाडीलाई अमेरिकाको खाडी नामकरण गर्ने आफ्नो साहसी कार्य हुने बताउनुभएको छ। यस्तै उनले एलन मस्कको सक्रियतामा विभिन्न क्षेत्रको लागत कटौती र विश्वभरका सहायता कार्यक्रमहरूको अन्त्यको कामको प्रशंसा गर्नुभएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार