धनगढीसहित तीन सहरको वायु अस्वस्थकर तहमा

काठमाडौं : देशका तीन सहर आज अस्वस्थकर बनेका छन् । वातावरण विभागका अनुसार, बिहान ११ः३० बजे काठमाडौंको शंखपार्क, दाङको देउखुरी र कैलालीको धनगढीको वायु अस्वस्थकर तहमा छ ।

विभागका अनुसार, सो समयमा वायुको गुणस्तर मापदण्ड (एक्यूआई)देउखुरीमा १५७, शंखपार्कमा १५४ र धनगढीमा १५३ पुगेको छ । पछिल्लो २४ घण्टामा भने कास्कीको पोखरा सर्वाधिक प्रदूषित बनेको थियो । यस अवधिमा पोखराको एक्यूआई २०५ पुगेको थियो । यीबाहेक अन्य स्थानको एक्यूआई १५० भन्दा कम छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ ।

Seti Hospital

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार