काठमाडौं : च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले आफ्नै सहरको प्रतिद्वन्द्वी एट्लेटिकोमाथि अग्रता लिएको छ। रियललाई पहिलो लेगमा अग्रता दिलाउन ब्राहिम डियाजले उत्कृष्ट गोल गरे।
रोड्रिगोले बर्नाबेउमा चार मिनेट भित्रै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, एट्लेटिकोले खेलको ३२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै बराबरी गर्यो।
लयमा रहेका जुलियन अल्भारेजले डि बक्सको बायाँ छेउको बल प्रहार गर्दा रियलको पोष्ट पार गर्यो। यो सिजन प्रतियोगितामा नौ खेलमा अर्जेन्टिनी स्ट्राइकरको सातौँ गोल हो। म्यानचेस्टर सिटीकै अर्का पूर्व खेलाडी डियाजले म्याड्रिड डर्बीमा निर्णायक गोल गरे।
५५औं मिनेटमा एट्लेटिकोका डिफेन्डर जोसे गिमेनेजलाई छक्याएर गरेको प्रहार गोलमा परिणत भयो। मिडफिल्डर जुड बेलिङ्घमको अनुपस्थितिमा स्थान पाएका थिए।
म्यानचेस्टर सिटीविरुद्धको खेलमा आफ्नो तेस्रो पहेँलो कार्ड खाएपछि बेलिङ्घमले एक खेल गुमाएका हुन्। बेलिङ्घम दोस्रो लेगमा भने उपलब्ध हुनेछन्। अग्रता जोगाउन सके रियलले अन्तिम ८ मा आर्सनलको सामना गर्ने सम्भावना छ।
प्रतिक्रिया दनुहोस्