यस्तो छ ‘श्री बुकुरो: द होम कलिङ’ को दोस्रो टिजर (भिडिओ)

काठमाडौं : सुदीप भुपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरो: द होम कलिङ’ को दोस्रो टिजर सार्वजनिक भएको छ। बुधबार फिल्म रेञ्ज युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा एक परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढावलाई पेश गरिएको छ। 

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मालगायत कलाकारको अभिनय छ।

Seti Hospital

पारिवारिक कथामा निर्माण भएको फिल्ममा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ। सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको फिल्मको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो। फिल्मको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार