कञ्चनपुरबाट चोरी मुद्दा, ज्यान मुद्दा र मानव बेचबिखन मुद्दामा फरार भएका ३ जना पक्राउ

कैलाली : कञ्चनपुरबाट प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मंगलबार चोरी मुद्दा, ज्यान मुद्दा र मानव बेचबिखन मुद्दामा दोषी ठहर भएर फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाजुराको २०७८मंसिर १३ गते चोरी मुद्दामा २ वर्ष ११ महिना १ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएका बाजुराको त्रिवेणी नगरपालिका – २ छतारा सिम्लाका  २३ वर्षीय तेजराज जैसी पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय टिकापुरले जानकी गाउँपालिका – १ दुर्गौलीबाट पक्राउ गरेको गरेको हो ।

Seti Hospital

यस्तै जिल्ला अदालत कञ्चनपुरले २०८१ भाद्र १७ गते ज्यान सम्बन्धी मुद्दामा ६ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएका कृष्णपुर नगरपालिका – ६ का भानु डगौरा र मानव बेचबिखन मुद्दामा जिल्ला अदालत कञ्चनपुरले नै २०८१ साउन २४ गते १० वर्ष कैद सजाय र १ लाख जरिवाना तोकिएका कृष्णपुर नगरपालिका – १ का किशोर रावललाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार