भरुवा बन्दुक र जंगली जनावरको छालासहित बैतडीका एक जना पक्राउ

बैतडी : बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेही, बैतडीबाट खटिएको प्रहरी टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका-८ चौरथली कालागाउ बस्ने ५१ वर्षीय पाल बिष्टको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल १, बन्दुकमा लाग्ने गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान फेला पारी उनलाई पक्राउ गरेको छ।

Seti Hospital

उक्त हतियार र छालासहित बिष्टलाई नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार