कैलाली : कैलालीबाट प्रहरीले लागू औषध खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । मंगलबार टीकापुर र धनगढीबाट ३ जना पक्राउ परेका हुन ।
टीकापुर नगरपालिका – ९ खक्रौलामा सुपप्र ०१–०१२ प १८८९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक टीकापुर नगरपालिका – २ का २५ वर्षीय राहुल शाही सहित २ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूको साथबाट ४१० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको छ ।
यस्तै मंगलबार राती धनगढी उपमहानगरपालिका – ३ भन्सार व्यारेलबाट धनगढी उपमहानगरपालिका – १३ का २१ वर्षीय सुशील राना३ ग्राम १० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्