कैलाली : प्रहरीले कैलाली कञ्चनपुरबाट १२ लाख बढीको अवैध सामान बरामद गरेको छ । मंगलबार प्रहरीले कैलालीको धनगढी, भजनी, कैलारीबाट १ लाख ६९ हजार २ सय र कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधार चाँदनी नगरपालिकाबाट १० लाख ८५ हजार २४० रुपैयाँको सामान बरामद गरेको हो ।
कैलालीबाट प्याज, चिनी, बिडी, सुर्ती, सरप, सुट पिस, कुर्ता, साडी, पङ्खा, प्लास्टिक झिल्ली लगायतका सामानहरू र कञ्चनपुरबाट चिनी, बिडी, खाने तेल, चकलेट, सुर्ती, पेय पदार्थ, खेलौना, जुत्ता, विभिन्न किसिमका कपडा, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्