साउनदेखि सबै प्रदेशमा सवारी लाइसेन्स छापिने

काठमाडौं। आगामी नयाँ वर्षको साउन १ गतेदेखि सबै प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिने भएको छ। यसका लागि यातायात व्यवस्था विभागले वैशाख १ देखि प्रदेशलाई छपाईको काम हस्तान्तरण गर्दै जाने जनाइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायातसम्बद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकले यो निर्णय गरेको हो। सबै प्रदेशबाट जारी हुने सवारी चालक अनुमतिपत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ।

Seti Hospital

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले ‘राइड शेयरिङ’ ्लाई व्यवस्थित गर्न र प्रदेशहरूबीच नीतिगत समन्वय गरी एकरुपता गर्न प्रदेश सरकारको सहभागितामा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्बन्धित प्रदेशले लागू गर्ने निर्णय गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार