भूमि अध्यादेश रोकेर ५ अध्यादेश प्रतिनिधिसभामा बुधबार निर्णयार्थ पेस गरिने

काठमाडौं : भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश रोकेर सरकारले बाँकी पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने भएको छ।

बुधबार (भोलि) बस्ने प्रतिनिधि सभामा पाँच अध्यादेश निर्णयार्थ पेस हुने नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालखबरलाई जानकारी दिए। बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ।

Seti Hospital

जनता समाजवादी पार्टी, नेपालसँग आइतबार भएको निर्णायक छलफलमा भूमिसम्बन्धी अध्यादेश रोकेर अन्य अध्यादेश निर्णयार्थ पेस गर्ने सहमति भएको उनले बताए। ‘भोलिको संसद् बैठकमा भूमिसम्बन्धी अध्यादेश होल्ड गरेर पाँचवटा अध्यादेश निर्णयार्थ पेस हुन्छ,’ उनले भने, ‘पाँचवटा अध्यादेश भोलि पेस भएर भोलि नै स्वीकृत हुन्छ। जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सो समझदारी भएको छ।’

ती अध्यादेश बिहीबारको राष्ट्रिय सभा बैठकमा निर्णयका लागि पेस गरिने उनी बताउँछन्। जसपा, नेपालको अडानका कारण माघ १८ गते संसद्‌मा पेस भएका अध्यादेशहरू स्वीकृत गर्ने प्रक्रियामा लगिएका थिएनन्।भूमि अध्यादेश फिर्ता नभई बाँकी अध्यादेशमा समेत समर्थन नगर्ने जसपा नेपालको चेतावनीपछि सरकार पछि हटेको हो।

नेताहरूका अनुसार भूमि अध्यादेश फिर्ता लिएर प्रतिस्थापन विधेयकको रूपमा पेस गर्ने सहमति भएको छ। यसैबीच सत्तारुढ दल ‍कांग्रेस(एमालेले आफ्ना दलका सांसदलाई बुधबारको प्रतिनिधिसभा बैठकमा सहभागी हुन ह्विप जारी गरेका छन्।

यी हुन् निर्णयार्थ पेस हुने अध्यादेश
(सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

( आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१

( निजीकरण पहिलो संशोधन० अध्यादेश, २०८१

( आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार