राधिका दासीको कथा वाचन : धनगढीमा देशकै ठूलो पुरस्कार स्थापना हुने

धनगढी : कैलालीको धनगढीमा फागुन २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा फागुन २१ गतेदेखि २७ गतेसम्म महायज्ञ हुने भएको हो।

महायज्ञमा राधिका दासीबाट भागवत कथा वाचन हुने समाजका अध्यक्ष तीर्थराज पाण्डेले जानकारी दिए। साहित्य समाजले देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि महायज्ञ आयोजना गर्न लागेको पाण्डेयको भनाइ छ।

Seti Hospital

‘ऐतिहासिक विरासत बोकेको र विभिन्न शक्तिपीठसहित पवित्र तथा पावन भूमिका रुपमा रहेको सुदूरपश्चिममा धर्म, संस्कृति र अध्यात्ममार्फत नवीन सन्देश दिन महायज्ञको आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘‘भाषा, साहित्य, कला, संस्कृति, पुरातत्वजस्ता वाङ्मयका क्षेत्रमा देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ र सांस्कृतिक सङ्ग्रहालय निर्माणको पवित्र उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागेका छौं।’’

उनले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनका लागि २०५१ सालमा स्थापना भएको साहित्य समाजले विगतका वर्षमा गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक र सांस्कृतिक कार्यक्रमबाट यस क्षेत्रका गौरव गाथा बढ्दै साहित्यिक जागरण ल्याएको बताए ।

महायज्ञकी प्रमुख वाचिकासमेत रहेकी राधिका दासीले पुण्य कार्यका लागि भइरहेको महायज्ञमा सबैलाई सहभागिताका लागि आग्रह गरिन् । महायज्ञ धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा महायज्ञ हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार