परशुरामधामलाई नगरपालिका मातहत राखिएपछि उच्च अदालतमा मुद्दा दायर

डडेल्धुरा : डडेधुराको परशुराम नगरपालिकाले परशुरामधामलाई नगरपालिका मातहत राखेपछि मुद्दा दायर गरिएको छ । परशुराम क्षेत्र विकास समितिले उच्च अदालत महेन्द्रनगरमा रिट दायर गरेको हो ।

नगरपालिकाले ‘परशुराम क्षेत्र संरक्षण तथा विकास ऐन २०८१’ जारी गरी परशुरामधामलाई नगरपालिका मातहतमा राख्ने प्रयास गरेको थियो । उक्त कार्य संविधान विपरीत भएको परशुराम क्षेत्र विकास समितिले जनाएको छ ।

संघीय कानुनअनुसार दर्ता भएको संस्थालाई स्थानीय तहको ऐनबाट खारेज गर्न नमिल्ने दाबी गर्दै समितिले न्यायको लागि अदालतको ढोका ढकढक्याएको समितिका अध्यक्ष गणेशप्रसाद जोशीले बताए ।

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले क्षेत्राधिकार सम्बन्धी स्पष्टता आवश्यक रहेको भन्दै संविधानविपरीत ऐन भए संशोधन गर्न सकिने बताइन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार