च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाईनलमा आज भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं : भारत र अस्ट्रेलियाबीच च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल दुबईमा आज अपराह्न हुँदैछ । नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा सो खेल सुरु हुनेछ । दुबईको टर्निङ पिचमा भारतलाई बलियो दाबेदार मानिएको छ ।

पाकिस्तानमा खेल्न नजाने निर्णय भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले गरेपछि आइसिसीले हाइब्रिड मोडलमा प्रतियोगिताको तयारी गरेको छ । लाहोर र कराँचीको बाउन्स पिचमा कुनै पनि खेल खेल्न नपरेपछि दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलियाको सामु भारतलाई लाभ मिलेको छ । न्युजिल्यान्डसँगको समूह चरणको अन्तिम खेल पनि स्पिनर वरुण चक्रवर्तीले नै जिताएका थिए । सोही टोली अस्ट्रेलियासँगको सेमिफाइनलमा खेल्ने छ ।

Seti Hospital

अस्ट्रेलिया भने प्रारम्भिक ब्याट्सम्यान म्याट सर्टलाई चोटका कारण गुमाउने भएको छ । अहिलेसम्म तीन मात्र एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका २१ वर्षीय कुपर कोनोलीलाई अस्ट्रेलियाले बोलाएको छ । अस्ट्रेलियाले जोस इङ्लिसलाई पारीको सुरुवात गराउँदै सिमर एरोन हार्डीलाई टोलीमा समावेश गर्न सक्ने छ । अर्को विकल्पमा आक्रामक ब्याट्सम्यान ज्याक फ्रेजर म्याक गुरुकलाई सुरुमा खेलाउन सक्नेछ

कोनोलीलाई समावेश गरे एक बायाँ हाते स्पिनरको विकल्प पनि रहने छ । स्पिन आक्रमण बलियो भए पनि भारतको डेथ बलिङको परीक्षण भएको छैन । सबै भन्दा भरपर्दा बलर जसप्रित बुमराहको अभाव भारतले अहिलेसम्म महसुस गर्नु परेको छैन । न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल पाकिस्तानमा बुधबार हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार