बालेनविरुद्ध खनिए गण्डकीका मन्त्री : तिम्राजस्ता चर्का कुरा गर्न हामीलाई पनि आउँछ हेक्का राख भाइ !

काठमाडौं : गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध कडा प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेपछि पाठकले त्यसको प्रतिउत्तर दिएका हुन् ।

मन्त्री पाठकले आफ्नो फेसबुक स्टाटसमार्फत बालेनको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन् । उनले बालेनले नियम र कानुनअनुसार अघि बढ्नुपर्ने सन्देश दिँदै उनको शैलीमाथि आलोचना गरेका छन् । बालेनले सरकारतर्फ असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेपछि पाठकले उनलाई ‘यथार्थमा आधारित भएर अघि बढ्न’ सुझाव दिए ।

उनले लेखेका छन्, ‘यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न नसक्ने, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गर्न नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीमाथि आक्रोश पोख्नेरु के हो बालेन भाइ, तिम्रो पारा ?’

पाठकले बालेनलाई नियमको परिधिभित्र रहेर काम गर्न आग्रह गरे । उनले थपे, ‘हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौँ । नियम, कानुन र कार्यविधि भन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ ।’

स्वास्थ्यमन्त्री पाठकले बालेनको काम कारबाहीमाथि गम्भीर टिप्पणी गर्दै काठमाडौं महानगरपालिकाले पुँजीगत खर्चको सही उपयोग गर्न नसकेको आरोप लगाए । ‘चार भागको एक भाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का ! तिम्राजस्ता चर्का कुरा अरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ,’ उनले भने ।

यसअघि पनि पाठक विभिन्न विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आएका थिए । विशेषगरी क्रिकेटर सन्दीप लामिछानेको मुद्दासम्बन्धी टिप्पणीपछि उनी विवादमा परेका थिए । उनले बालेनविरुद्ध दिएको कडा प्रतिक्रियाले नयाँ बहस जन्माउने देखिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार