टीकापुरको डल्फिन देखिने क्षेत्रमा रहेको ओजुवा ताल क्षेत्र सौन्दर्यीकरण गरिंदै !

धनगढी : कैलालीको टीकापुर नगरपालिका–७ स्थित डल्फिन देखिने क्षेत्रमा रहेको ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिंदैछ। पर्यटन विकास गर्ने उद्देश्यले सङ्घीय सरकार र टीकापुर नगरपालिकाको संयुक्त लगानीमा ताल क्षेत्रको सौन्दर्यीकरण भइरहेको हो।

पर्यटन विकास गर्ने उद्देश्यले ताल क्षेत्रको सौन्दर्यीकरणको काम भइरहेको वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए। उनका अनुसार ताल परिसरमा २०५ मिटर पर्खाल निर्माणको काम पूरा भएको छ। यसैगरी, तालमा पानी आपूर्तिका लागि दुई वटा बोरिङ निर्माण गरिएको छ।

Seti Hospital

आगन्तुक बस्नका लागि बेन्च राख्ने, टहरा बनाउने कार्य पनि भइरहेको छ। यस्तै, ताल परिसर क्षेत्रमा बिजुली जडान, बाटोमा ग्राभेलको काम पनि भइरहेको अध्यक्ष न्यौपानेले बताए। १२ बिघा क्षेत्रफलमा फैलिएको ओजुवा ताल विभिन्न प्रजातिका चरा पनि बस्ने गरेका छन्। 

ताल परिसर सौन्दर्यीकरणका लागि सङ्घीय सरकारले समपूरक अनुदान अन्तर्गत ८० लाख र टीकापुर नगरपालिकाले ८० लाख बजेट विनियोजन गरेका छन्। टीकापुरकै साउँद बिल्डर्सले ठेक्का पाएर संरचना निर्माणको काम गरिरहेको छ। निर्माण कम्पनीले ढिलाइ गरेपछि एक करोड दुई लाख रुपियाँमा काम गरिरहेको जनाइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार