धनगढीबाट ४ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीको धनगढी र भजनीबाट ४ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहनगरपालिका–२ ट्राफिक चौराह, धनगढी उपमहनगरपालिका–४ मल्ल पेट्रोलपम्प नजिक, धनगढी उपमहनगरपालिका–१९ लल्लीपुर घाट र भजनी नगरपालिका–३ मोहनपुर र भजनी नगरपालिका–६ ढुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख ३९ हजार १७० मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

भन्सार छलीका प्याज, चिनी, मिश्री, पेय पदार्थ, मिठाई, मटर, बिडी, सुर्ती, पानीपुरी, प्लाष्टिक झिल्ली, सिद्रा माछा, मोटरसाईकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार