खैरो हेरोइनसहित कञ्चनपुरका २ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–१० बिकाशबस्तीको नेपाल भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १३ ग्राम ८९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–७ बस्ने २२ वर्षीय सुरज राना र मोटरसाइकल पछाडी सवार कृष्णपुर नगरपालिका–८ बस्ने २२ वर्षीय महेश राना पक्राउ परेका हुन्।

दुवै जनालाई खैरो हेरोइनसहित र मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय त्रिभुववनबस्ती, प्रहरी चौकी परासन, कञ्चनपुर र सशस्त्र प्रहरी बल बि.ओ.पी. दोदा पोष्टबाट संयुक्त रुपमा खटिएको गस्ति टोलीले नियन्त्रणमा लिएको छ। 

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार