प्रधानमन्त्री ओलीले फुके ‘नरसिङ्गा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनीमा आधारित किताब सार्वजनिक भएको छ ।

सोमबार दिउँसो राष्ट्रिय सभागृहमा ‘केपी शर्मा ओली : सपना संघर्ष र संकल्प’ नामक पुस्तक लोकापर्ण गरिएको हो ।

khadya

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा उक्त किताब लोकार्पण समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

चितवनको इच्छाकामना गाउँपालिकाले मौलिक संस्कृतीमा गीत गाएर प्रधानमन्त्री ओलीप्रति सम्मान व्यक्त गरेको थियो । साथै इच्छाकामना गाउँपालिकाका तर्फबाट प्रधानमन्त्री ओलीलाई ‘नरसिङ्गा’ उपहार दिइएको थियो ।

सो समारोहमा प्रधानमन्त्री ओलीले आफैँले बाजा बजाउने प्रयास समेत गरेका थिए । ओलीले मञ्चमा नरसिङ्गा फुक्दैगर्दा माहोल रोमान्चक बनेको थियो ।

त्यस्तै कार्यक्रम सञ्चालक चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले इच्छाकामना गाउँपालिकाको तर्फबाट प्रधानमन्त्रीको सम्मानमा उक्त गीत गाइएको बताएका छन् । उनले आयोजकको आग्रहमा नभइ बाध्यबाधन टोलीले नै प्रधानमन्त्री ओलीको अघि बाध्यबाधनको आग्रह गरेका कारण आफूहरुले समय उपलब्ध गराएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार