बैतडीमा सम्पन्न अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधी दनपालाई

बैतडी : बैतडीको गोठलापानीमा सम्पन्न मेनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधी दशरथचन्द नगरपालिकाले हात पारेको छ ।

सोमवार गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सम्पन्न फाइनल खेलमा मेलौली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्द नगरपालिकाले उपाधी जितेको हो । उपाधी हात पारेको दशरथचन्द नगरपालिकाले १ लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको मेलौलीले ७५ हजार नदगसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

khadya

यसैगरी सोमवार तृतीय स्थानको खेलमा सुर्नया गाउँपालिकाले सिगास गाउँपालिकालाई ३–० को सोजो सेटमा पराजित गरेको थियो । तृतीय स्थान हासिल गरेको सुर्नयाले ३५ हजार र सान्त्वना स्थान हासिल गरेको सिगासले १५ हजार रुपैयामा चित्त बुझाएको छ । मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा गत बिहीवारदेखि सुरु भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा बैतडीमा ९ स्थानीय तहको सहभागिता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार