गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं : गोरखामा माइक्रोबस दुर्घटनामा परेर आज एक जनाको मृत्यु भएको छ। मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको इभी माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा विहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घरका ३७ बर्षका पदमबहादुर दर्जी रहेको उनले बताए। दर्जीको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा मृत्यु भएको डिएसपी सुवेदीले बताए। बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा खसेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार