काठमाडौंको टोखामा प्रहरीले चलायो गोली, सुटर पक्राउ

काठमाडौं  : काठमाडौंको टोखामा प्रहरीको गोली प्रहारबाट सुटर घाइते भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यका अनुसार गोली प्रहार गरेर भारतीय सुटर गुड्डु पटेललाई पक्राउ गरिएको हो। 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गर्न ४ राउण्ड गोली चलाएको थियो। आरोपीलाई खुट्टामा गोली लागेको छ। पटेललाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ। उनको खुट्टामा गोली लागेको छ।

Seti Hospital

२०७९ असोज ३ मा काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो। प्रहरीका अनुसार उनको हत्यामा गुड्डु सुटरको भूमिकामा रहेका थिए। 

प्रवक्ता आचार्यका अनुसार लाल मोहम्मदको हत्या गर्दा गोली प्रहार गर्ने दुई जनामध्ये गुड्डु एक हुन्। उनलाई पक्राउ गर्न प्रहरीले सुरुमा दुई राउण्ड हवाई फायर गरेको थियो। भाग्न थालेपछि थप दुई राउण्ड गोली प्रहार गरेको थियो।

मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई २०८१ वैसाखमा  पक्राउ गरेको थियो। आज पक्राउ परेका पटेल केही दिन अघि काठमाडौं आएको प्रहरीले सुराकी पाएको थियो। निगरानी गर्ने क्रममा उनी टोखा एरियामा रहेको थाहा भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार