डीएसपी घाइते भएको घटनामा १२ जना पक्राउ

काठमाडौं : राजधानीको बानेश्वरबाट १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५ महिला र ७ पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आइतबार बिहान ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप हुँदा झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका थिए ।

डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार भइरहेको छ। सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार