कैलालीबाट ३ लाख बढीका भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीबाट ३ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–७ बेली, धनगढी उपमहानगरपालिका–९ त्रवेणीघाट, गोदावरी नगरपालिका–२ अत्तरीया बसपार्क, भजनी नगरपालिका–९ पहलवान, जोशीपुर गाउँपालिका –१ पिपरकोटीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ४३ हजार १२० मुल्य बराबरको सामान प्रहरीले बरामद गरेको. हो।

उक्त मुल्य बराबरको  भन्सार छलीको चिनी, मिस्री, पेठा मिठाइ, बिडी, सुर्ती, गुड्खा, पानको पात, मुग्फली दाम), सिद्रा माछा, दोपट्टा कपडा, ब्लाउज, श्रृंगारकासामान बच्चाका खेलौनाहरू, गुडियाहरू, धातुका लकेट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसेअवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार