रेडक्रस कैलालीको सभापतिमा जोशी

कैलाली । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको सभापतिमा लोकराज जोशी निर्वाचित भएका छन ।

सोसाइटीको ४९ औं साधारण सभाले जोशीलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । जोशी यस अघि सोसाइटीको मन्त्री थिए ।

Seti Hospital

जोशीसंग कैलाली रेडक्रसको महिला उपाध्यक्षमा दीपा बडायक, मन्त्रीमा राकेश हमाल, कोषाध्यक्षमा गोबिन्द प्रसाद जोशी, उपमन्त्री भिम बहादुर महर र उपकोषाध्यक्षमा रंगप्रसाद तिमिल्सिनिना निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत खडक बहादुर खडकाले बताए ।

त्यस्तै रेडक्रसको उपसभापति र १० खुल्ला सदस्यका लागि भने निर्वाचन भएको निर्वाचन अधिकृत खड्काले बताए ।

उपसभापतिमा बल बहादुर रावल निर्वाचित भएका छन । रावलले जगदिश्वर पण्डितलाई पराजित गरेका छन ।

यसैगरि सदस्यहरुमा छत्र बहादुर बम, धौलि कुमारी जोशी (जैशी), मिना कुमारी साउद, टोप बहादुर केसी, मीना कुमारी चौधरी, धर्मराज जोशी, पुस्कर बहादुर मल्ल, तारा साउद, दिनेश कुमार लामिछने र सुरत बहादुर स्वार निर्वाचित भएको निर्वाचन अधिकृत खड्काले बताए ।

यस अघि निबर्तमान सभापति बासुदेव बिनाडीको सभापतित्वमा भएको संघको साधारण सभाको सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार