कर्णाली नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका २२ सवारी साधन प्रहरी नियन्त्रणमा

कैलाली / कर्णाली नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका २२ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल नेतृत्वको टोलीद्वारा गरिएको अनुगमनका क्रममा १७ ट्याक्टर र ५ टिप्पर पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीनराजा बुढाथोकीका अनुसार, जानकी गाउँपालिकाले स्वीकृति नदिएको क्षेत्रमा उत्खनन भइरहेको भेटिएपछि सवारी साधन नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक कारबाहीका लागि गाउँपालिकालाई बुझाइनेछ।

Seti Hospital

निर्माण व्यवसायीहरूले भने प्रशासनले अनावश्यक अवरोध पुर्याएको आरोप लगाएका छन्। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले अनुगमनबारे पालिकालाई कुनै जानकारी नदिइएको बताएका छन्। नियन्त्रणमा लिइएका सवारी साधनहरू टीकापुरको खुला मञ्चमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार