उद्योगमन्त्री भण्डारी भन्छन् : नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउनेतर्फ सरकार अग्रसर छ !

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउनेतर्फ सरकार अग्रसर रहेको बताएका छन । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

उनले शिक्षा ऐनमा सबै शिक्षकका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन ल्याउन लागेको जानकारी दिए । ‘नयाँ व्यवस्था अनुसार नयाँ शिक्षा ऐन आवश्यक छ । यसका लागि सरकार लागिपरेको छ ।

Seti Hospital

शिक्षा क्षेत्रलाई सुधार गर्ने गरी नयाँ शिक्षा ऐन आउँदैछ’ उनले भने । मन्त्री भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन चाडै आउने बताए । यस्तै कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एकभएर अघि बढ्नुपर्ने बताए ।

अर्थतन्त्रमा सुधार आएमात्रै देशका समस्या समाधान हुने भएकाले सबै क्षेत्र मिलेर जानुपर्ने उनको भनाई थियो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीका अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा भएको अधिवेशनमा मन्त्री भण्डारी प्रमुख अतिथी रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार