१४ वर्षीया बालिका करणी आरोपमा बझाङका एक युवक पक्राउ

बझाङ : बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार विवेक जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्दै आएका थिए। उक्त बालिकाले जबरजस्ती करणीको घटना बारे उजुरी दिएको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विवेकलाई पक्राउ गरेको जनाइएको छ। घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार