शनिवार बिहान परेको असिनापानीले कैलालीका कृषिबालीमा नोक्सान

धनगढी : कैलालीमा शनिवार (आज)बिहान परेको असिनापानीले कृषिबालीमा नोक्सान गरेको छ। वर्षासँगै परेको असिनाले मसुरो, गहुँलगायतका कृषिबालीमा नोक्सान गरेको हो।

जिल्लाको मध्य र पूर्वी क्षेत्रमा असिना पानी परेको किसानले जनाएका छन्। असिनाले गहुँ र मसुरोलाई क्षति गरेको कैलारी गाउँपालिका–७ का कृषक फूलराज चौधरीले बताए। उनका अनुसार खेतमा अहिले मसुरो पाक्न थालेको छ। यसैगरी, गहुँ पनि पाक्ने तयारीमा रहेको छ।

Seti Hospital

जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका लगायतको क्षेत्रमा असिना परेको जनाइएको छ। टीकापुर क्षेत्रमा करिब पाँच मिनेटसम्म असिना परेको टीकापुर नगरपालिका–७ का भोजराज ढुङ्गानाले जानकारी दिए। 

उनले यो बेला गहुँ पसाउने क्रममा रहेकाले असिनाले फूल झारेका कारण उत्पादन घट्न सक्ने बताए। ‘त्यति धेरै क्षति त भएको छैन’, उनले भने, ‘तर, असिनाले फूल झारेका कारण उत्पादन घट्न सक्छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार