भूकम्प अपडेट : सात जिल्ला प्रभावित एउटा घरमा पूर्ण रुपमा भत्किदा तीन घरमा आंशिक क्षति

काठमाडौँ : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्पबाट ७ जिल्ला प्रभावित भएको छ। भूकम्पका कारण सिन्धुपलाञ्चोक, भोजपुर, दोलखा र काठमाडौँ, संखुवासभा, म्याग्दी र धादिङ प्रभावित भएको प्रहरीले जनाएको छ ।

भूकम्पका कारण हालसम्म एउटा घर पूर्णरुपमा क्षति भएको र तीन घरमा आंशिक रुपमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार एउटा कोट र प्रहरी कार्यालयमा पनि आंशिक क्षति भएको छ। भूकम्पकै कारण तीन परिवार विस्थापित भएको छ। भूकम्पमा परेर हालसम्म ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान २ बजेर५१ मा सिन्धुपलाञ्चोक भोटेकोसी गाउँपालिका-२ भैरवकुण्ड केन्द्रबिन्दु भएर ६. १ म्याग्निच्युडको भूकम्प गएको थियो। सिन्धुपलाञ्चोकको इलाका प्रहरी कार्यालय कोदारीको भवनमा सामान्य क्षति भएको छ। भोटेकुसी गाउँपालिकाको विभिन्न ठाउँमा सुक्खा पहिरो गएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार