धनगढी एफसीले भोली ट्यालेन्ट हन्ट गर्दै

धनगढी : नेपाल सुपर लिगका लागि धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने भएको छ । लिगको आगामी सिजनका लागि कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोग र एसपीए कलेजको सहयोगमा धनगढी एफसीले भोली (शनिवार) ट्यालेन्ट हन्ट गर्ने भएको हो ।

‘ट्यालेन्ट हन्ट’मा सहभागी भई पहिलो एक जना विजेता खेलाडी नेपाल सुपर लिग २०२५ का लागि धनगढी एफसीको टिममा छनोट हुने बताईएको छ । त्यसका साथै ३ जना खेलाडीलाई ‘ड्रिमर्स अफ धनगढी’ नामकरण गरी एसपीए कलेजमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने डीएफसीको मातृ संस्था गो ड्रिमर्सले जनकारी दिएको छ

Seti Hospital

‘ट्यालेन्ट हन्ट’मा सहभागी हुनका लागि कुनै राष्ट्रिय लिगमा नाम दर्ता नभएको र २३ वर्षभन्दा कम उमेरका समूहको सुदूरपश्चिम प्रदेशबासी नेपाली नागरिक हुनेपर्ने प्रावधान राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार