नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

काठमाडौं : नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जमा रहेको प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वाेच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। स्वास्थ्यमा केही समस्या देखिएपछि उनि केही दिनदेखि त्यहाँ उपचाररत थिईन ।

सर्वाेच्च अदालतमा पुग्ने श्रेष्ठ दोस्रो महिला न्यायाधीश थिईन । सर्वाेच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन । उनि अधिकृतदेखि नै न्याय क्षेत्रमा कार्यरत थिईन । श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुई छोरा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार