अजयमेरुको अर्धबार्षिक समिक्षा : ७३ प्रतिशत राजस्व संकलन, २८ प्रतिशत प्रगति

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ काे अर्धबार्षिक समिक्षा गरेको छ । छ महिना भित्र गरेका योजना तथा कार्यक्रको समिक्षा गरिएको हो । समिक्षामा गाउँपालिकाले २८ प्रतिशत प्रगति गरेकाे देखाएको छ भने ६ वटै वडा र गाउँपालिकाले ७३ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट (विकास)को अध्यक्षतामा सम्पन्न अर्धबार्षि समिक्षामा गाउँपालिका उपाध्यक्ष बसन्ती पाल, प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र ओझा, वडाअध्यक्षहरु र बिषयगत शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Seti Hospital

प्रत्येक शाखाले आफ्नो प्रगती समिक्षामा प्रस्तुत गरेको प्रमुख  प्रशासकिय अधिकृत ओझाले बताए । उनको अनुसार गाउँपालिको आफ्नो लक्ष्य अनुसार नै काम गरिरहेको समिक्षाको निश्कर्ष निकालिएको छ ।

गाउँपालिका अध्यक्ष भट्टले यो प्रगती हासिल गर्नमा सहयोग गर्ने सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, उपभोक्ता समिति, निर्माण ब्यवसायी लगायत सम्पुर्णमा हार्दिक आभार व्यक्त गरेका छन् ।

उनले आगामी दिनमा सुदृढ सहकार्यको अपेक्षा समेत गरेका छन् । गाउँपालिकाले शुक्रबार सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाई कार्यक्रम समेत गर्ने लागेको अध्यक्ष भट्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार