रास्वपामा प्रति सदस्य ऋण ४० हजार रुपैयाँ पुगेको छ : मुकुल ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का पूर्व महामन्त्री मुकुल ढकालले पार्टीको आर्थिक अवस्थाबारे टिप्पणी गरेका छन्। बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले रास्वपामा प्रति सदस्य ऋण ४० हजार रुपैयाँ पुगेको दाबी गरेका हुन्।

नेपालमा प्रति नेपाली नागरिकको ऋण ८८ हजार रुपैयाँ रहेको उल्लेख गर्दै उनले रास्वपा सदस्य रहेका व्यक्तिहरूको हकमा कुल ऋण १ लाख २८ हजार पुगेको आंकडा प्रस्तुत गरे।

आफू पार्टी सञ्चालनको भूमिकामा रहँदा सातै प्रदेश र केन्द्रीय अडिट प्रतिवेदन समयमा बुझाइएको भन्दै उनले त्यसबेला आर्थिक अनुशासनमा रास्वपा देशकै ‘नम्बर वन’ पार्टी रहेको दाबी गरे। हालको अवस्थाबारे संकेत गर्दै उनले भनेका छन्, ‘अहिले के भयो, आफैँ खोज्नु, जान्नु। अडिट रिपोर्टहरू खोज्दा भेटिन्छन्।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार