धनगढी : धनगढी उपमहानगरपालिका–१६ रामपुरको महादेवा ताल व्यवस्थित गर्न २०८१ असार १८ गते सम्झौता भयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले पाँच करोड १२ लाख १५ हजार एक सय ४६ रुपैयाँका संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेको हो।
बेहडाबाबा मन्दिर व्यवस्थापन समितिले तयार पारेको २८ करोडको विस्तृत योजना प्रतिवेदनमा पाँच करोड १२ लाखको काम सुरु भएको छ। बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले ताल क्षेत्रमा सात किलोमिटर बल्क लगाउने काम हुने बताए। उनले भने, ‘२८ करोडको डिपीआर हो। पहिलो चरणमा २ करोड ५० लाखको काम भएको छ। पाँच करोड १२ लाखको काम हुँदैछ।’
महादेवा ताल क्षेत्रमा २८ करोडका संरचनाहरू निर्माणको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार छ। हालसम्म २ करोड ५० लाखका भौतिक संरचनाहरु निर्माण गरिएका थिए। हाल पाँच करोड १२ लाखको काम हुँदैछ। तालको चारै तिर पैदलयात्राका लागि सहजताका लागि टायलहरू राखिएका छन्।
महादेवा तालका लागि १० करोड रुपैयाँ अझै आवश्यक रहेको छ। सात किलोमिटर बल्क लगाउने योजना रहेको हो। जोशीले भने, ‘१० करोड बजेट अझै आवश्यक छ। तालमा पुल निर्माण गर्नुछ। मन्दिरसम्म जान पुल आवश्यक हो। लाइटहरू लगाउने छौ।’
बेहडाबाबाको महावेदा ताल क्षेत्रमा विद्युत् लाइट जडान, भ्यूटावर निर्माण र महादेवा मन्दिरसम्म जानका लागि पुल निर्माणको योजना रहेको छ। ताल क्षेत्रमा ढुङ्गाको पर्खालसमेत निर्माण हुने छन्। ताल क्षेत्रमा वनभोजका लागि पनि ठाउँहरू राखिएका छन्। ताल क्षेत्रमा धार्मिक तथा पर्यटकीय रूपमा विकासका कामहरू थालिएका हुन। पैदल मार्ग र तालमा पर्खाल निर्माणको काम जारी रहेको जोशीले बताए।
धनगढीको बेहडाबाबा मन्दिर क्षेत्र व्यवस्थापनको काम पूरातत्त्व विभाले गर्दै छ भने, महादेवा ताल क्षेत्रमा संरचना निर्माणको काम पर्यटन विभागले थालेको हो।
प्रतिक्रिया दनुहोस्