सुदूरपश्चिममा वर्षा : बैतडीमा सबैभन्दा धेरै २०.६ मिमि मापन

बैतडी : पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा बैतडीमा २०.६ मिलिमिटर मापन गरिएको छ।

यस्तै, बाजुरा, डोटी, डडेलधुरा लगायतका जिल्लाहरूमा समेत वर्षा भएको छ। मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिम नेपालमा जमिन भिज्ने गरी वर्षा भएको छ। सुदूरपश्चिम र कर्णालीका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी पहाडी क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा मापन गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि आजभन्दा कम पानी पर्ने र मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार