दार्चुला : चोया निकाल्न गएका दार्चुलाका एक वृद्ध मृत फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–१ इयरकोटका विरभान सिंह महता घरबाट निस्केको ८ दिनपछि मृत फेला परेका हुन्। बुधवार स्थानीय सत्याडी भीरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन ६ गते निगालोको चोया निकाल्न भन्दै उनी घरबाट जंगल हिँडेका थिए। धेरै दिनसम्म पनि उनी घर नफर्किएपछि आफन्तले खोजी गरिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयले खोज्ने क्रममा बुधबार उनको शव भीरमा फेला परेको बताईएको छ।
प्रतिक्रिया दनुहोस्