आज दोस्रो संस्करणको भद्रपुर गोल्डकपको उपाधि भिडन्त, दिउँसो ३ बजे सुरु हुँदै

झापा : दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज आयोजक भद्रपुर ब्लेजर्स र झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ । खेल मेची रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ। 

झापा–११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।  बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै आयोजक ब्लेजर्सले झापा ११ सँगको भेट पक्का गरेको हो। 

प्रतियोगितमा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी थिए। विजेताले १३ लाख तथा उपविजेताले सात लाख पाउने आयोजकले जनाएको छ। 

सर्वोत्कृष्ट खेलाडीलाई एक लाख पाँच हजार प्रदान गरिने छ।  त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार