बुवाको शव घर नपुग्दै छोरीको समेत ज्यान गयो।

धनगढी : बुवा गुमाएको तिन दिनमै छोरीको पनि मृत्यु भएको छ । त्रिवेणी भन्सार कार्यालय नवलपरासीमा कार्यरत कार्यालय सहयोगी मोहन बोहरा फागुन १३ गते राती कार्यालय नजिकै मृत फेला परे । मोहन बोहरा मृत फेला परेको तेश्रो दिन आज बिहान उनकी छोरी निर्मला बोहराको दुर्घटनामा परी मृत्यु भएको छ । बुवाको मृत्यु भएपछि नवलपरासी गएकि निर्मलाले बुधबार शव पोस्टमार्टम गरेर राती घरतर्फ हिनेकि थिइन् । स्थाई घर दार्चुला भएका कारण उनको शव अन्त्येष्टिका लागी दार्चुला लगिदै थियो ।

बुवाको शव पठाएर अत्तरियाबाट महेन्द्रनगर जाँदै गर्दा आज बिहान निर्मलाले ज्यान गुमाएकि हुन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ को वन समितिमा आज बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल पछाडि सवार भीमदत्त नगरपालिका–१८ बस्ने निर्मला बोहराको मृत्यु भएको हो । निर्मला र उनका भाई अध्यायनको शिससिलामा महेन्द्रनगरमा भाडामा बस्दै आएका थिए ।

khadya

मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । ट्रक प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् ।बुवाको शव घर नपुग्दै छोरीको समेत ज्यान गएपछि गाउँ नै शोकमा डुवेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार