काठमाडौं : मोबाइलमा अब ५० रुपैयाँ भन्दा कम रकम रिचार्ज गर्न नमिल्ने भएको छ । नेपालका दुवै सेवा दूरसञ्चार सेवा प्रदायकले मोबाइल टपअपको सीमा न्यूनतम ५० रुपैयाँ कायम गरेका हुन् । यसअघि यो सीमा १० रुपैयाँ थियो ।
मोबाइलमा रिचार्ज टपअप सेवा प्रदान गर्ने बैङ्क तथा भुक्तानी सेवा प्रदायकमार्फत अब न्यूनतम ५० रुपैयाँ मात्रै भुक्तानी गर्न मिल्ने नेपाल टेलिकमले जनाएको छ । यो निर्णय वार्षिकोत्सवकै दिन भएको भए पनि कार्यान्वयन भने आज (फागुन १५ गते) देखि लागू भएको हो ।
टेलिकमका अनुसार सानो-सानो रिचार्जले टपअपको सङ्ख्या पनि धेरै हुने गरेको र भ्यालिडिटीको समेत समस्या भएकोले यो व्यवस्था गरिएको छ । यसमा अन्य कुनै आर्थिक कारण छैन ।
आजैदेखि एनसेलले पनि यसभन्दा कम सीमामा रिचार्ज गर्न नमिल्ने बनाएको छ ।
प्रतिक्रिया दनुहोस्