लागुऔषधसहित गोदावरीबाट दुई जना युवक पक्राउ

कैलाली : कैलालीको गोदावरी नगरपालिकाबाट दुई जना युवकलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–१० घर भई हाल गोदावरी नगरपालिका – १ बस्ने २८ वर्षीय विशाल महरा र गोदावरी नगरपालिका–२ का १८ वर्षीय किसन भट्ट रहेका छन्।

प्रहरीले बिहीबार दिउँसो अत्तरियामा धनगढी रोडमा हिँडिरहेका उनीहरूलाई शंका लागेर जाँच गर्दा ७१० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको ईलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार